अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:११
| Colorodo: 03:26
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले मजदुरका कुनै समस्या भए मन्त्रालयमा लिएर आउन आग्रह गर्नुभएको छ । आज काठमाडौंमा भएको एक कार्यक्रममा मन्त्री श्रेष्ठले मजदुरका कुनै पनि समस्या भए मन्त्रालयमा लिएर आउन विभिन्न संघसंस्थाहरुलाई आग्रह गर्नुभयो ।
उहाँले आफू मन्त्रायलमा केही लिनको लागि नभइ श्रमीक र श्रम मन्त्रालयमा केही गरौँ भन्ने उद्देश्यले आएको बताउनुभयो । बैदेशिक रोजगारीका क्षेत्रमा देखिएका हरेक किसिमका समस्याहरु समाधान गर्नको लागि आफू प्रतिवद्ध रहेको उहाँको भनाइ थियो ।