अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:११ | Colorodo: 01:26

नेपालले सडक दुर्घटनाका कारण प्रतिवर्ष कुल ग्राहस्थ उत्पादन (जीडीपी) को ५ प्रतिशतसम्म आम्दानी गुमाउने

बिआरटीनेपाल २०७८ मंसिर ५ गते ६:४१ मा प्रकाशित

सडक दुर्घटनाका कारण नेपालले प्रतिवर्ष कुल ग्राहस्थ उत्पादन (जीडीपी) को ५ प्रतिशतसम्म आम्दानी गुमाउने तथ्याङ्क सार्वजनिक भएको छ । काठमाडौंमा आज आयोजित एक कार्यक्रममा नेपालमा हरेक वर्ष सडक दुर्घटनाका कारण दुई हजार मानिसको मृत्यु हुँदा ५० हजार भन्दा बढी मानिसहरू घाइते हुने गरेको तथ्य सार्वजनिक भएको छ ।

विश्व सडक यातायातपीडितको सम्झना दिवसको सन्दर्भमा संयुक्त राष्ट्र संघको सडक सुरक्षा सम्बन्धी योजनाको राष्ट्रिय लोकार्पण कार्यक्रममा स्वतन्त्रता अभियान नेपालका प्रमुख रितु भटट्ले तथ्य सार्वजनिक गर्दै सडक दुर्घटनामा सबैभन्दा धेरै पैदल यात्रुको मृत्यु हुने बताउनुभयो । तथ्याङ्क सार्वजनिक गर्दै उहाँले नेपालमा सडक दुर्घटना अकाल मृत्युको चौथो कारण भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा बोल्दै अभियन्ता गोविन्द भट्टराईले बाँच्न पाउने आम नागरिकको अधिकार भएकाले नागरिकहरूको ज्यान सुरक्षा गरिदिन सरोकारवाला निकायहरूलाई आग्रह गर्नुभयो । । सडक दुर्घटनापछि विभिन्न समिति बने पनि समितिले तयार पारेको प्रतिवेदन लागु गराउन सरकार चुकेको उहाको भनाई छ ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग, भौतिक पूर्वाधार मन्त्रालय, स्वास्थ्य मन्त्रालय लगायत विभिन्न सरोकारवाला निकायहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय