अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४० | Colorodo: 18:55

रोल्पामा बस दुर्घटना हुदा चार जनाको मृत्यु, चार जना घाइते

बिआरटीनेपाल २०७८ मंसिर २ गते ६:५४ मा प्रकाशित

रोल्पामा बस दुर्घटना हुदा चार जनाको मृत्यु भएको छ । दाङको घोराहीबाट रोल्पाको थवाङका लागि छुटेको ना ३ ख ५५१८ नम्बरको बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाइते भएको रोल्पाका प्रहरी प्रवक्ता इन्सपेक्टर कृष्ण रानाले जानकारी दिनुभएको छ । उहाँका अनुसार बस शहीदमार्ग अन्तर्गत माडी गाउँपालिका वडा नम्बर २ जलजलामा दुर्घटनामा परेको हो ।

बसमा १० जना सवार रहेको अनुमान गरिएको छ । बस सडकदेखि १०० फिट तल खसेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय