अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२४ | Colorodo: 00:39

प्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

बिआरटीनेपाल २०७८ मंसिर २ गते ६:४४ मा प्रकाशित

नेपाल सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बीच भेटवार्ता भएको छ । बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री लु बीच भेटवार्ता भएको हो । भेटमा दुई देशबीच आपसी सम्बन्ध र सहयोगका विषयमा छलफल भएको छ ।

भेटमा प्रधानमन्त्री देउवा र लुबीच नेपालमा कोभिडले पारेको असर, कोभिडपछिको आर्थिक पुनरोत्थान र कोरोना विरुद्धको भ्याक्सिनको सहयोग लगायत विषयमा कुराकानी भएको परराष्ट्र सचिव भरतराज पौडेलले जानकारी दिनुभयो । त्यस्तै, देउवाले नेपालको ग्रिन क्लिन विकास गर्ने उद्देश्यले हालै भएको कोप–२६ मा गरेको सम्बोधनको क्रमशः कार्यान्वयन गर्ने सिलसिलामा अमेरिकाबाट आर्थिक र प्राविधिक सहयोगका लागि आग्रह गर्नुभएको छ ।

जवाफमा सहायक विदेशमन्त्री लु ले नेपाललाई अमेरिकाले गर्दै आएका त्यस्ता सहयोगका कार्यक्रमहरुलाई निरन्तर उपलब्ध गराउने आश्वास्त पार्नुभएको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय