अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३३ | Colorodo: 07:48

सर्वोच्चमा देखिएको विवाद एक–दुई दिनमै समाधान हुन्छ – प्रचण्ड

बिआरटीनेपाल २०७८ मंसिर १ गते ७:१२ मा प्रकाशित

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतमा देखिएको समस्या छिट्टै समाधान हुने बताउनुभएको छ । महोत्तरीको रामगोपालपुर नगरपालिकामा आयोजना भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सर्वोच्चमा देखिएको समस्याको समाधान अबको एक–दुई दिनमै समाधान हुने र सरकारले त्यसका लागि पहल गरिरहेको बताउनुभयो ।

उहाँले अदालतमा देखिएको समस्या एक–दुई दिनमा समाधान नभए राजनीतिक रुपमा हल गरिने पनि प्रष्ट पार्नुभयो । सरकारलाई सहयोग गर्न गठित पाँच दलीय गठबन्धन समन्वय समितिको बैठकले सन्तुलित वक्तव्य दिइसकेको जनाउँदै उहाँले यस विषयमा थप बोल्न आवश्यक नरहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय