अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०८
| Colorodo: 10:23
नेपाल बार एशोसिएसन र सर्वोच्च अदालतका न्यायाधीशहरूबीच न्यायालयमा देखिएको समस्या समाधानको सम्बन्धमा छलफल भएको छ । मंगलबार भएको छलफलमा न्यायाधीशहरूले सेवाग्राहीलाई परेको असुविधाप्रति चिन्ता जनाउँदै समस्या समाधानको सम्बन्धमा आफूहरू छलफलमा रहेको बताएको नेपाल बार एशोसिएसनकी उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिनुभयो ।
बारले प्रधानन्यायाधीशको राजीनामा नै आफूहरूको बटमलाइन रहेको छलफलका क्रममा राखेको उहाँले बताउनुभयो । उपाध्यक्ष बस्यालका अनुसार न्यायाधीशहरूले न्यायपालिकाको विकृति र विसंगतिको सम्बन्धमा कुनै पनि सम्झौता नहुने जनाएका छन् । न्यायालय सुधारकै निम्ति आफूहरूले योगदान दिने न्यायाधीशहरूले बताएको उपाध्यक्ष बस्यालको भनाइ छ । नेपाल बार एशोसिएसनले कार्यसमितिको बैठकबाट आगामी आन्दोलनको कार्यक्रम घोषणा गर्ने उपाध्यक्ष बस्यालले बताउनुभयो ।
