अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३३ | Colorodo: 01:48

नियमित काममा फर्किए चार न्यायाधीश

बिआरटीनेपाल २०७८ कार्तिक ३० गते १:३८ मा प्रकाशित

सर्वोच्च अदालतका चार जना न्यायाधीश नियमित काममा फर्किएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजनीनामाको माग गर्दै तीन सातादेखि कानुन व्यवसायीहरु आन्दोलित भइरहेका बेला चार जना न्यायाधीश भने काममा फर्किएका हुन् ।

यसअघि सर्वोच्चका १९ न्यायाधीशले प्रधानन्यायाधीशको राजीनामाको माग गर्दै अघोषित रुपमा इजलाश बहिस्कार गर्दै आएका थिए । तर, मंगलबार बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा पनि सुनुवाइ सुरु भएको छ । न्यायाधीशहरू तेजबहादुर केसी र कुमार रेग्मी तथा वमकुमार श्रेष्ठ र मनोज शर्माले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा पनि सुनुवाइ गरेको सर्वोच्च अदालतले जनाएको छ ।

यसअघि बन्दीका मुद्दा मात्र सुनुवाइ गर्दै आएका उनीहरूले मंगलबार त्यसबाहेकको मुद्दा पनि सुनुवाइ गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय