अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३९ | Colorodo: 06:54

नेपाल बन्द रहर नभई बाध्यता हो- नेकपा विप्लव

बिआरटीनेपाल २०७८ कार्तिक २९ गते ८:०६ मा प्रकाशित

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मंगलबारको नेपाल बन्द आफ्नो रहर नभएर बाध्यता भएको बताएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेपाल बन्दको घोषणा पार्टीले सोमबार साँझ बाध्यताले नेपाल बन्द गर्नुपरेको बताएको हो ।

“सरकारको गैरजिम्मेवार, जनविरोधी र ज्यादतीपूर्ण नीति तथा कार्यका विरुद्ध आमजनताको आक्रोश र भावनाको प्रतिनिधित्व गर्दै विभिन्न आन्दोलनसहित यही कात्तिक ३० गते नेपाल बन्द आह्वान गरिएको छ,” विप्लव समूहले भनेको छ, “यो पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको आन्दोलन हाम्रो मात्र नभई आमजनसमुदायको साझा सरोकारको विषय हो । नेपाल बन्द हाम्रो रहर नभई बाध्यता हो ।”

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय