अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३५ | Colorodo: 17:50

हैजाविरुद्धको साढे २ लाख खोप कात्तिक २८ गते आउँद, कपिलवस्तुका पाँच पालिकाका स्थानीयलाई लगाइने

बिआरटीनेपाल २०७८ कार्तिक २६ गते ७:१० मा प्रकाशित

कपिलवस्तुमा फैलिएको हैजा नियन्त्रण गर्न खरिद गरेको २ लाख ५२ हजार डोज खोप कात्तिक २८ गते नेपाल आउने भएको छ ।हैजा नियन्त्रणका लागि विश्वभर मान्यता पाएको ओरल कोरेला भ्याक्सिनको नेपाल आउन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

खोप कपिलवस्तुका पाँचवटा स्थानीय तहका व्यक्तिलाई लगाउने गरी योजना बनाइएको डा. पौडेलले बताउनुभयो । कपिलवस्तुको कृष्णनगरमा फैलिएको हैजाका कारण हालसम्म ६ जनाको मृत्यु भएको छ भने एक हजार ३ सय ५६ जना संक्रमित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय