अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२०
| Colorodo: 15:35
संयुक्त विद्यार्थी सङ्गठनले आज टेकुस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गर्दै उनीहरूले निगमको कार्यालय घेराउ गरेका हुन् । आयल निगमको केन्द्रीय कार्यालय घेराउ गर्दै विद्यार्थी सङ्गठनहरूले तत्काल मूल्यवृद्धि फिर्ता गर्न सरकारलाई दबाब दिएका हुन् ।
आम जनता र विद्यार्थीहरूलाई चुल्होसमेत बल्न नदिने गरी एलपी ग्याँसलगायतका पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलको राजीनामा समेत उनीहरूले माग गरे । आन्दोलनमा सत्तारुढ नेकपा (माओवादी केन्द्र) समर्थित विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी), नेकपा (एकीकृत समाजवादी) समर्थित अनेरास्ववियुसहितका विद्यार्थी संगठन सहभागी भएका छन ।
