अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१७ | Colorodo: 09:32

एमसीसी फिर्ता गर्न नेता वामदेव गौतमको आग्रह

बिआरटीनेपाल २०७८ कार्तिक २४ गते ७:०८ मा प्रकाशित

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले अमेरिकी मिलिनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) फिर्ता लिन सरकारसँग आग्रह गर्नुभएको छ । नेकपा एमालेको पूर्व उपाध्यक्षसमेत रहेका गौतमले एक बिज्ञप्तिमार्फत एमसीसी परियोजना फिर्ता लगेर नेपालको हित प्रबर्नद्धन गर्न अनुरोध पनि गर्नुभएको छ ।

एमसीसीबारे जनमत बाझिएकाले फिर्ता लैजानु नै श्रेयस्कर हुने उहाँको भनाइ छ । एमसीसीसँग गरिएको सम्झौता पछि नेपाली जनताले अमेरिकाप्रति गम्भीर आशंका व्यक्त गरिरहेको गौतमको भनाइ छ । यो सम्झौताले नेपालका छिमेकी मुलुकहरूसँग सम्बन्ध बिग्रने हो कि भन्ने शंका व्यक्त भइरहेको गौतमले बताउनुभयो । सम्झौता कार्यान्वयनबाट नेपालको स्वतन्त्रता र सार्वभौमिकतामा आँच पुग्ने शंका गर्न थालिएको भन्दै उहाँले फिर्ता लिन आग्रह गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय