अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४०
| Colorodo: 07:55
प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारूढ गठबन्धन पुरै समयसम्म चल्ने दावी गर्नुभएको छ । उहाँले आउँदो चुनावसम्मै यही गठबन्धन रहने संकेत गर्नुभयो ।
‘गठबन्धन पुरै समय रहन्छ,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले भने, ‘गठबन्धनमा कुनै किसिमको शंका नगर्नुभए हुन्छ।’
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जसपा र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन छ। प्रधानमन्त्री देउवा बेलायत भ्रमण गरी स्वदेश फर्किनुभएको हो ।