अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४१ | Colorodo: 19:56

“महाधिवेशन गर्न नसक्ने गरी कांग्रेस बुढो भयो” – एमाले अध्यक्ष ओली

बिआरटीनेपाल २०७८ कार्तिक १३ गते ७:१५ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन गर्न नसक्ने गरी नेपाली कांग्रेस बुढो भएको टिप्पणी गर्नुभएको छ । काठमाडौं सिन्धुपाल्चोक सम्पर्क मञ्चले आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै उहाँले महाधिवेशन गर्न नसक्ने कांग्रेसले एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने दावी गर्नुभयो ।

कांग्रेस महाधिवेशनको आयोजना गर्न नसक्ने अवस्थामा रहेको अवस्थामा एक महिनाअघि विधान महाधिवेशन गरेको एमालेले मंसिर १० देखि १२ हुने महाधिवेशनमा ठूलो कार्यक्रम गर्ने बताउनुभयो । कार्यक्रममा ओलीले माधवकुमार नेपाल, पुष्पकमल दाहाल प्रचण्ड, सभामुख अग्निप्रसाद सापकोटा लगायतकाको चर्को आलोचना गनुृभएको थियो ।

एमालेलाई समाप्त गर्न नसक्ने भन्दै नेपाललाई दौडधूपमा लाग्न छाडेर घरमा आराम गर्न ओलीले सुझाव दिनुभयो । राणा शासन, राजतन्त्र र कांग्रेसलाई सिध्याएर आएको पार्टी एमाले रहेको उहाको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय