अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०४ | Colorodo: 04:19

देशभर ५ सय ९१ जनामा कोरोना सङ्क्रमण पुष्टि, थप २ जनाको मृत्यु

बिआरटीनेपाल २०७८ कार्तिक ११ गते ७:५१ मा प्रकाशित

नेपालमा गत २४ घन्टामा थप ५ सय ९१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको कोरोना सम्बन्धी अद्यावधिक तथ्याङ्क अनुसार गत २४ घन्टामा ११ हजार ३ सय ५५ कोरोना परीक्षण गर्दा ५ सय ९१ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

गत २४ घन्टामा ८ हजार ८ सय ४८ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ५ सय २७ र २ हजार ५ सय ७ एन्टीजेन विधिबाट गरीक्षण गर्दा ६४ जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै आरटी पिसिआर विधिबाट ८ लाख ११ हजार ४ सय ७ र एन्टीजेन विधिबाट ९४ हजार ३ सय ६९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै गत २४ घन्टामा देशभर ६ सय ६४ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ७ लाख ८९ हजार ७ सय ८९ पुगेको छ । योदर कुल सङ्क्रमितको ९७ दशमलव ३ प्रतिशत हो । २ जनाको मृत्यु भएको छ । योसँगै नेपमाल हालसम्म कोरोनाका कारण ११ हजार ३ सय ८२ जनाको मृत्यु भइसकेको छ ।

योदर कुल सङ्क्रमितको १ दशमलव ४ प्रतिशत हो । यस्तै गत २४ घन्टामा १ लाख १ हजार ४ सय ७५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल देशभर १० हजार २ सय ३६ सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय