सभामुख अग्निप्रसाद सापकोटाले संसद सुचारु गराउन नेकपा एमालेसँग छलफलको लागि तयार रहेको बताउनु भएको छ । सभामुख सापकोटाले संसद चलाउनका लागि संवादको विकल्प नभएकाले सरोकारवाला सबै पक्ष छलफलमा आउनुपर्ने बताउनुभएको हो ।
संसदको गरिमा बढाउन सबैको भूमिका बराबर रहेको उल्लेख गर्दै उहाँले प्रतिपक्षी दल नेकपा एमालेसँग छलफलका लागि तयार रहेको बताउनुभएको हो । सभामुख सापकोटाले आफूले सकेसम्म तटस्थ बसेर निर्णय लिएको बताउँदै सबैले आफूले गरेको कामको समीक्षा गरेर संवादमा आउनुपर्ने बताउनुभयो ।
सभामुख सापकोटाले आफ्नो भूमिकाप्रति सञ्चारमाध्यममा गरिएका आशंंकामा सत्यता नभएको दावी गर्नुभयो । उहाँले एक किसिमले राष्ट्रका संवेदनशील विषयहरु अगाडि बढ्न आफुले नरोकेको सहजीकरण नै गरेको बताउनुभयो । उहाँले सभामुखले नै सबै समस्या हल गर्नुपर्छ भनेर अन्य दलका नेताहरु उदासीन नभएको बताउँदै संसद सुचारु गर्नका लागि शान्तपूर्वक लागिपर्ने प्रतिवद्धता जनाउनुभयो ।