अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४२ | Colorodo: 14:57

काँग्रेस सभापतिको उम्मेदवारी दिने कल्याण गुरुङको घोषणा

बिआरटीनेपाल २०७८ भदौ १६ गते ८:१६ मा प्रकाशित

नेपाली काँग्रेसको महाधिबेशन नजिकदै गर्दा नेतृत्वमा आकाक्षिंहरु पनि बढेका छन् । केन्द्रीय सदस्य कल्याण गुरुङले आज सभापतिको उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । आज काठमाडौमा आयोजित कार्यक्रममा गुरुङले आगामी मंसिर ९–१३ गते सम्म हुने काँग्रेसको १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गर्नुभएको हो ।

सभापतिको उम्मेदवारी घोषणा गर्दैै गुरुङले काँग्रेसको संरचनामा वडादेखि केन्द्रीय सभापतिलाई व्यवस्थित बनाउने दावी गर्नुभयो । त्यस्तै उहाँले आफुले सभापति पदमा जितेमा पटक पटक एउटै व्यक्ति मन्त्री र प्रधानमन्त्री हुन पाउने व्यवस्था परिवर्तन गर्दै एक व्यक्ति दुई पटक भन्दा बढी समय प्रधानमन्त्री र मन्त्री हुन नपाउने व्यवस्था गर्ने दावी गर्नुभयो । साथै गुरुङले आफू प्रधानमन्त्री भए मुलुकमा ६ महिनाभित्र भ्रष्टाचार नियन्त्रण गर्ने योजना रहेको पनि सुनाउनुभयो ।

नेपाली काँग्रेसको सभापतिमा यस अघि पनि नेता विमलेन्द्र निधिले सभापतिमा उठ्ने घोषणा गरिसक्नुभएको छ । हालका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह, कृष्ण सिटौला, शेखर कोइराला, सुजाता कोइराला लगाएत पनि काँग्रेसमा सभापतिको आकांक्षी रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय