अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३१ | Colorodo: 17:46

सिमरा–पोखरा उडान हुने भएपछि पर्यटन व्यवसायी उत्साहित

बिआरटीनेपाल २०७८ भदौ ५ गते ६:०६ मा प्रकाशित

सिमरा विमानस्थलबाट भदौ १६ देखि पोखरा उडान हुने भएपछि पर्यटन व्यवसायीहरू उत्साहित बनेका छन् ।पोखरा र सिमराका उद्योगी र पर्यटन व्यवासयीहरूकोे निरन्तर प्रयासपछि बुद्ध एयरले उडान सुरु गर्न लागेको हो । बुद्ध एयरको उडान तालिका पाएलगत्तै टिकटको बिक्री सुरु गरिएको सिमरा टुर एन्ड ट्राभल्सका सञ्चालक रामचन्द्र लामाले जानकारी दिनुभयो ।

सिमराबाट स्थलमार्गमा हुँदै ८ देखि १० घण्टाको पोेखरा यात्रा २७ मिनेटको उडानमा सकिने भएपछि कोभिडले थला परेको यस क्षेत्रको व्यवसाय प्रवर्द्धनमा राहत पुग्ने व्यवसायीहरूको भनाइ छ । आइतबार, बुधबार र शुक्रबार गरी ३ दिन बुद्ध एयरले उडान गर्नेछ । ३ तहमा भाडादर निर्धारण गरिएकोमा सबैभन्दा सस्तो ४ हजार ७ सय २५, र बढी ७ हजार १ सय २५ रूपैयाँ तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय