अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२० | Colorodo: 18:35

उत्पादन केन्द्रित अर्थतन्त्र निर्माणको लागि प्रयत्न गर्न निजि क्षेत्रलाइ अर्थमन्त्री शर्माको आग्रह

बिआरटीनेपाल २०७८ साउन ३० गते ७:१० मा प्रकाशित

अर्थमन्त्री जनार्दन शर्माले उत्पादन केन्द्रित अर्थतन्त्र निर्माणको लागि गुणात्मक प्रयत्न गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले आज भर्चुअल रुपमा आयोजना गरेको दोस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले उत्पादन बृद्धि गरेर आयात प्रतिस्थापन गर्ने तिर लाग्नुपर्नेमा जोड दिनुभयो । यसको लागि सामान्य प्रयत्नले नपुग्ने भन्दै मन्त्री शर्माले गुणात्मक प्रयत्न जरुरी रहेको बताउनुभयो ।

निर्यातमुखी अर्थतन्त्र निर्माणको लागि उत्पादन बृद्धि गर्नु अपरिहार्य रहेको भन्दै उहाँले यसमा निजी क्षेत्रको सहयोग को आवश्यकता औंल्याउनुभयो । कोभिड १९ सङ्कटको बेला निजी क्षेत्रले राहत महशुस गर्ने गरी सरकारले पाईला चाल्ने जानकारी गराउदै उहाँले भर्खरै सार्वजनिक मौद्रिक नीतिमार्फत सम्बोधन गर्ने प्रयास गरिएको बताउनुभयो । राष्ट्रलाई आत्मनिर्भर बनाउने अभियानमा लाग्नको लागि निजी क्षेत्रले के कस्तो नीतिगत सुधार चाहन्छ त्यसको लागि लागि सरकार तयार रहेको मन्त्री शर्माको भनाइ छ ।

उहाँले अनौपचारिक अर्थतन्त्रलाई औपचारिक अर्थतन्त्रको दायरामा ल्याउन समेत निजी क्षेत्रको सहयोग रहने अपेक्षा गर्नुभयो । राष्ट्रिय सम्पत्ति कति हो भन्ने कुरा मूल्याङ्कन गरेर वैदेशिक लगानीको लागि समेत उपयुक्त वातावरण निर्माण गर्ने र राष्ट्रको समग्र पुँजी निर्माण गर्नतिर लाग्नुपर्नेमा समेत मन्त्री शर्माको जोड छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले सार्वजनिक गरेको मौद्रिक नीतिले कोभिडपछिको पुनोरुत्थान तथा साना एवं मझौला उद्यमको विस्तारमा विशेष ध्यान दिएको भन्दै त्यो सकारात्मक भएको टिप्पणी गर्नुयभयो । उहाँले सरकारको राहत योजना विकसित मुलुकको जस्तो सिधै नगद दिने खालको नभएपनि सुधारमा सहयोगी रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय