अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०५ | Colorodo: 18:20

श्वेतपत्रमा तथ्य एकातिर र निस्कर्ष अर्कोतिर : विष्णु पौडेल

बिआरटीनेपाल २०७८ साउन २८ गते ७:२२ मा प्रकाशित

नेकपा एमालेका नेता तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थमन्त्री जनार्दन शर्माले जारी गर्नुभएको श्वेतपत्रमा तथ्य एकातिर र निस्कर्ष अर्कोतिर भएको बताउनुभएको छ ।बिहीबार प्रतिनिधि सभाको विशेष समयमा उहाँले श्वेतपत्र अघिल्लो सरकारको आलोचनाको रुपमा आएकोले यसमा तथ्य एकातिर र निस्कर्ष अर्कोतिर भएको बताउनुभएको हो । उहाँले अघिल्लो सरकारको अवधि स्वभावैले आर्थिक प्रगतिको दृष्टिकोणले, विकास निर्माणको दृष्टिकोणले र समृद्धिको दृष्टिकोणले महत्वपूर्ण अवधि भएको बताउनुभयो । उहाँले २०७६/०७७ को समय विश्व अर्थतन्त्र साढे तीन प्रतिशतले ऋणात्मक हुँदा नेपाली अर्थतन्त्र २ प्रतिशतले मात्रै ऋणात्मक हुनु सुखद पक्ष रहेको बताउनुभयो । नेता पौडेलले कोभिड अवधिको तथ्यांकको सहारा लिएर २०७५/०७६ को आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको तथ्यलाई छोप्न खोजेको उल्लेख गर्नुभयो ।

उहाँले स्वदेश वा विदेशबाट लिइएको सार्वजनिक ऋण चालु खर्चमा लगाउन नपाउने कानूनि व्यवस्था गरेको बताउँदै राजस्वले चालु खर्च धान्ने र विकासका लागि ऋण लिनुपर्ने विशिष्ठ अवस्थामा देश रहेको बताउनुभयो । उहाँले ऋण नलिने विकास नगर्ने नभएर ऋण लिने र विकास पनि गर्ने बताउनुभयो ।

उहाँले अघिल्लो सरकारले जिम्मेवारी लिएदेखि जिम्मेवारी छोड्ने समयसम्म नेपालको अर्थतन्त्रमा निरन्तर सकारात्मक सुधार भएपनि जानकारी पत्रको तथ्य र निस्कर्ष भने परस्परमा बिरोधाभाष भएको बताउनुभयो । तथ्यले अघिल्लो सरकारले अर्थतन्त्रमा नकारात्मक प्रभाव पारेको बताइएको भन्दै उहाँले अघिल्लो सरकारले भन्दा लोकप्रिय बजेट प्रश्तुत गर्न चुनौति दिनुभयो । उहाँले अघिल्लो सरकारले ल्याएको बजेट सबै क्षेत्रले स्वागत गरेको स्मरण गराउँदै त्यो भन्दा राम्रो बजेट ल्याएर देखाउन चुनौति दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय