अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१५
| Colorodo: 18:30
सम्झौता अनुसारको भुक्तानी नपाएको भन्दै भारतले जयनगर–कुर्था रेलसेवा सम्झौता खारेज गर्ने चेतावनी दिएको छ ।सम्झौताअनुसार नेपालले २० प्रतिशत अग्रिम भुक्तानी उपलब्ध गराउन नसकेपछि सम्झौता रद्द गर्ने भारतको चेतावनी आएको हो ।
कोनकाँण कम्पनीले दुईवर्षअघि नै रेल सेवा संचालनका लागि प्रस्ताव गरेको थियो । सरकारले २ वटा रेल खरिद गर्ने निर्णय अनुसार कोनकाँणले दुईवटा रेलको डेमो २०२० सेप्टेम्बरमा पठाएको थियो । सोहीअनुसार नेपालले उक्त भारतीय कम्पनीसँग सन् २०२१ मे २४ मा रेलसेवा संचालन गर्न सम्झौता गरेको थियो ।
सम्झौताअनुसार रेल चलाउन ट्रयाक पनि तयार भएको छ । तर रेल भित्रिएको एकवर्षसम्म पनि नेपालले रेल नचलाएपछि कोनकण कम्पनीले रेलसेवा संचालन गर्न ताकेता गरेको हो । रेलवे कम्पनीका महाप्रबन्धकबाट गुरु भट्टराईले हालै राजीनामा दिएपछि अहिले रिक्त रहेको छ ।