अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५२ | Colorodo: 21:07

भन्सार विभागद्धारा लक्ष्यभन्दा बढी राजस्व संकलन

बिआरटीनेपाल २०७८ असार ३० गते ७:२१ मा प्रकाशित

कोभिड माहामारीकाबीच पनि भन्सार विभागले चालु आर्थिक वर्षको लक्ष्य दुई दिन अगावै प्राप्त गरेको छ ।बजेटको आकारमा प्रत्येक वर्ष वृद्धि भइरहदा राजश्वको लक्ष्य पनि वर्षेनी १५ देखि २० प्रतिशतले बृद्धि हुदै आएको छ । चालु वर्षमा ४ खर्ब ४० अर्बको लक्ष्य पाएको विभागले समय अगावै उक्त लक्ष्य प्राप्त गरेकाले चालु आर्थिक वर्षमा लक्ष्य भन्दा बढी राजश्व संकलन हुने विभागको विश्वास छ ।

असार ३० सम्मको तथ्याङ्कमा विरगञ्ज भन्सार कार्यालयले १ खर्ब ६८ अर्ब बराबरको राजस्व संकलन गरेको छ भने १२ अर्ब ८९ करोड बढी राजस्व संकलन गरेको मेची भन्सार कार्यालयले जनाएको छ ।विभिन्न सुख्खा बन्दरगाहबाट आयात भएको सामानमा ४२ अर्ब ३१ करोड बराबरको राजस्व संकलन भएको विभागले जनाएको छ ।

नेपालगञ्ज भन्सार कार्यालयले २१ अर्ब ९ करोड संकलन गरेको छ । यसैगरी, हवाई मार्ग भएर हुने व्यापारबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले १७ अर्ब ३६ करोड राजस्व संकलन गरेको विभागले जनाएको छ । कोभिडका कारण लक्ष्य प्राप्तीमा दबाव भए पनि आपूर्ति श्रृखला बिग्रन नदिएका कारण लक्ष्य प्राप्ती सहज भएको विभागका महानिर्देशक यमलाल भुसालले जनकारी दिनुभयो ।

चालु वर्षको जेठ महिना सम्मको तथ्यङ्कमा पेट्रोल डिजेल एल.पी ग्यास, एम. एस विलेट भटमासको कच्चा तेल, मोवाइल तयारी कपडा चामल लगायत १३ खर्ब ८३ अर्ब बढीको आयात हुँदा जम्मा १ खर्ब २१ अर्बको मात्र निर्यात भएको विभागले जनाएको छ । गतबर्षको तुलनामा भन्सार असुली ४५ प्रतिशतले बढेको विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय