अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:११ | Colorodo: 00:26

आगामी निर्वाचनका लागि आयोगलाई ७ अर्ब ७२ करोड बजेट दिने सहमति

बिआरटीनेपाल २०७८ असार १८ गते ७:१४ मा प्रकाशित

अर्थमन्त्रालयले आगामी कार्तिक र मंसिरमा हुने भनिएको निर्वाचनका लागि निर्वाचन आयोगलाई बजेट दिने सहमति गरेको छ । मन्त्रालयले आयोगलाई निर्वाचनका लागि ७ अर्ब ७२ करोड ८३ लाखसम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको हो । उक्त खर्च निर्वाचन सञ्चालन र व्यवस्थापन, निर्वाचन सामग्री लगायत अन्य सामाग्रीहरू खरिदमा खर्च हुने आयोगले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७८ साल कार्तिक २६ गते शुक्रबार पहिलो चरण र मङ्सिर ३ गते शुक्रबार दोस्रो चरण गरी दुई चरणमा चुनाव गर्ने घोषणा गरेको छ । तर प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि वहस जारी नै छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय