चालु आर्थिक बर्ष २०७७/७८ को ११ महिनामा १३ खर्ब ८३ अर्ब ३६ करोड ४९ लाख २४ हजार बराबरको वस्तु तथा सेवा आयात भएको छ । जुन गतबर्ष भन्दा २५ दशमलव ६७ प्रतिशतले वृद्धि भएको हो ।
भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक बर्ष २०७६/७७ को जेठ महिनासम्ममा नेपालले ११ खर्ब ८१ करोड ३४ लाख बराबरको वस्तु तथा सेवा आयात गरेको थियो । गत बर्षको तुलनामा चालु आर्थिक वर्षमा निर्यात पनि ३७ दशमलव सात आठ प्रतिशतले निर्यात बढेको छ ।
चालु आबको ११ महिनामा नेपालले १ खर्ब २१ अर्ब २५ करोड ३९ लाख ५९ हजार रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको विभागले जनाएको छ । गत आर्थिक बर्षको जेठ मसान्तसम्म नेपालले ८८ अर्ब ३१ लाख रुपैयाँ बराबरको निर्यात गरेको थियो । विभागका अनुसार ११ महिनाको अवधिमा नेपालको वैदेशिक व्यापार घाटा २४ दशमलव ६१ प्रतिशतले बढेको छ ।
११ महिनाको अवधिसम्ममा वैदेशिक व्यापार घाटा १२ खर्ब ६२ अर्ब ११ करोड ९ लाख ६५ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा नेपालले १० खर्ब १२ अर्ब ८१ करोड ३ लाख १० हजार रुपैयाँ वैदेशिक व्यापार घाटा व्यहोरेको थियो ।