अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१८ | Colorodo: 00:33

चालु आर्थिक बर्षमा सरकारले एक खर्ब ८० अर्ब रुपैयाँ ऋण लियो , १४ अर्ब अनुदानमा प्राप्त

बिआरटीनेपाल २०७८ असार ६ गते ७:५४ मा प्रकाशित

चालु आर्थिक वर्षको पहिलो १० महिनामा सरकारले झन्डै एक खर्ब ८० अर्ब रुपैयाँ ऋण लिएको छ । आन्तरिक र वैदेशिक गरेर साउनदेखि वैशाख महिनासम्म एक खर्ब ७९ अर्ब ६२ करोड रुपैयाँ ऋण लिइएको अर्थ मन्त्रालयले जनाएको छ । यसमध्ये ६७ अर्ब १० करोड रुपैयाँ वैदेशिक ऋण र एक खर्ब १२ अर्ब ५२ करोड रुपैयाँ आन्तरिक ऋण रहेको छ ।

यस्तै १० महिनामा सरकारले १४ अर्ब ३३ करोड रुपैयाँ वैदेशिक अनुदान प्राप्त गरेको छ । अनुदान र ऋण गरेर १० महिनामा ८१ अर्ब ४३ करोड रुपैयाँ वैदेशिक सहायता प्राप्त गरेको अर्थ मन्त्रालयले जनाएको छ ।यस्तै साउनदेखि वैशाखसम्म दुई खर्ब दुई अर्ब २८ करोड रुपैयाँ वैदेशिक अनुदानको प्रतिबद्धता आएको छ । जसमध्ये १० दशमलव नौ प्रतिशत अर्थात् २२ अर्ब रुपैयाँ अनुदान सहायता रहेको छ भने बाँकी ऋण सहायता रहेको छ ।

वैदेशिक सहायताको प्रतिबद्धता अघिल्लो वर्षको पहिलो १० महिनाको तुलनामा ३५ दशमलव ३ प्रतिशतले बढेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
लोकप्रिय