अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१६
| Colorodo: 00:31
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीतिमा सरोकारवाला निकायहरुसँग राय सुझाव मागेको छ ।राष्ट्र बैंकले एक सूचना जारी गरेर इमेलमामार्फत सुझाव दिन सरोकारवाला निकायको ध्यानाकर्षण गराएको हो ।
विगतका वर्षहरुमा जस्तै साउन पहिलो साता मौद्रिक नीति सार्वजनिक गर्ने तयारीसँगै सुझाव संकलन सुुरू गरेको राष्ट्र बैंकले जनाएको छ । सम्बद्ध बैंक तथा वित्तीय संस्थाका संघसंगठन, व्यावसायिक संघसंगठनलगायत सबै सरोकारवालाले असार मसान्तसम्म लिखित सुझाव पेश गर्नुपर्नेछ ।
अन्य संस्थाबाट पनि सुझाव संकलन गर्न केन्द्रीय बैंकले सूचनामार्फत जानकारी दिएको हो ।