अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४२ | Colorodo: 04:57

प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको सुनुवाइ जेठ २३ गतेसम्मलाई स्थगित

बिआरटीनेपाल २०७८ जेठ १८ गते ९:०१ मा प्रकाशित

दुई वरिष्ठ न्यायाधीश संवैधानिक इजलासबाट अलग भएपछि प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको सुनुवाइ जेठ २३ गतेसम्मलाई स्थगित भएको छ । न्यायाधीशहरू दीपक कार्की र आनन्दमोहन भट्टराईले इजलासबाट बाहिरिने निर्णय गरेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले २३ गते नयाँ इजलास गठन गर्ने निर्णय सुनाउनुभएको हो ।

निर्णय सुनाउँदै राणाले वरिष्ठताको आधारमा इजलास तोक्ने र त्यतिबेला रिट निवेदक र विपक्षी कसैले पनि विवाद नगर्न आग्रह गर्नुभयो । इजलासमा नेकपा विभाजन सम्बन्धि फैलसा गर्ने न्यायाधीश बमकुमार श्रेष्ठ र त्यसमा पुनरावलोकन अस्वीकार गर्ने न्यायाधीश तेजबहादुर केसी समावेश भएको भनेर रिट निवेदकका कानुन व्यवसायीले प्रश्न उठाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू