अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४७ | Colorodo: 20:02

इजरायल र प्यालेष्टाइनबीच तनाव – समस्या परे सम्पर्क गर्न र सुरक्षित रहन दूतावासको अनुरोध

बिआरटीनेपाल २०७८ वैशाख २९ गते ८:१७ मा प्रकाशित

केही दिन यता इजरायल र प्यालेष्टाइनबीच बढेको तनावका कारण कुन समस्या भएमा सम्पर्क गर्न इजरायलमा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ । जेरुसेलम र दक्षिण इजरायली क्षेत्रमा सयौं रकेट आक्रमण भएको र गए राती मात्रै गाजाबाट तेल अबिबलाई निशाना बनाई १८० भन्दा बढी रकेट प्रहार भएको भन्दै सकेसम्म सुरक्षित रहन र समस्या भएमा सम्पर्क गर्न दूतावासले विज्ञप्ति जारी गर्दै अनुरोध गरेको हो ।

यति बेला इजरायलमा रहेका सबै नेपालीलाई त्रसित तुल्याए पनि यसबाट नआत्तिन र सम्भव भएसम्म सुरक्षाका उपायहरू खोजी गर्न पनि दूतावासले अनुरोध गरेको छ । साइरन बज्नासाथ घर भित्र हुनेले बङ्कर, भर्याङ्ग वा त्यस्तै सुरक्षित क्षेत्रमा जान सकिन्छ । तर रकेट प्रहार भएको जानकारी पाउनसाथ झ्याल नजिक नजान र यदि घरबाहिर बजार, सडक, फार्म वा अन्यत्र कतै भएमा नजिकैको बङ्करमा पुगिहाल्नुपर्छ । यी कुराहरू उपलब्ध नभएमा आफू भएकै स्थानमा सुरक्षाका उपायहरू अपनाउन सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू