अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४६ | Colorodo: 04:01

ओलम्पिक टर्च र्यालीमा सहभागी ८ जनामा कोरोना संक्रमण पुष्टि

बिआरटीनेपाल २०७८ वैशाख १९ गते ८:०७ मा प्रकाशित

टोकियो ओलम्पिकको टर्च र्यालीमा सहभागि भएका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ओलम्पिक आउन तीन महिना भन्दापनि कम समय बाँकी रहेको बेला जापानका विभिन्न शहरमा ओलम्पिक टर्च र्याली भइरहेकोमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

ओलम्पिक आयोजकले बताए अनुसार पछिल्लो पटक ६ जनामा र यसअघि दुई जनालाई कोरोना संक्रमण देखिएको हो । पोजेटिभ हुनेमा ६ जनामा २० देखि ३० वर्षका रहेको बताइएको छ । दुई जनामा गत महिना कोरोना पोजेटिभ देखिएको थियो । टर्च र्यालीमा पनि कोरोनाको प्रोटोकल बनाइएको थियो भने त्यसको कडा पालना गरिएको भएपनि ८ जनामा कोरोना संक्रमण देखिएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू