अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५३ | Colorodo: 03:08

एनआरएनए एनसीसी अमेरिकाको २०२१-२०२३ का मतदाताको पहिलो लिस्ट प्रकाशित

कृष्ण के सी २०७७ चैत २९ गते ९:४९ मा प्रकाशित

गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाको राष्ट्रिय निर्वाचन आयोगले एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन २०२१-२०२३ का मतदाता/पञ्जीकृत सदस्यहरूको पहिलो नामावली प्रकाशन गरेको छ। यो पटक पहिलो लिस्टमा २० हजार १५२ जना मतदाता रहेका छन्।

नामावली हेर्नको लागि लिङ्क क्लिक गर्नुहोस् https://nrnusa.org/press/press/initial-voter-list-publication-for-the-election-te/

एनआरएनए एनसीसी अमेरिकाको राष्ट्रिय निर्वाचन आयोगले यस लिस्टमा आफ्नो र अरूको कुनै करेक्सन या दाबी-बिरोध भए अप्रिल १३, २०२१ साँझ ५:०० बजे पूर्वीय समय सम्म पठाई सक्न भनेको छ।

दाबी विरोध या करेक्सन भए हरेकको लागि एक छुट्टै फर्म भर्नु पर्नेछ।

दाबी गर्ने व्यक्ति आफू एनआरएनए एनसीसी अमेरिकाको पञ्जीकृत सदस्य भएको हुनुपर्छ।

निर्वाचन आयोगले सङ्घको राष्ट्रिय समन्वय परिषद् र अन्तर्राष्ट्रिय समन्वय परिषद्को चालु विधानको व्यवस्था अनुरूप निर्वाचन सम्बन्धी कार्य तालिका यस अघि नै प्रकाशन गरेको छ।

यो लिस्ट प्रकाशनसँगै एनआरएनए एनसीसी अमेरिकाका २०१९-२०२१ कार्यकालका पञ्जीकृत सदस्यहरूको यो निर्वाचनमा कुनै भूमिका रहने छैन। उनीहरूको समय यो निर्वाचनको लागि समाप्त भएको छ।

*********

Dear all,

Please find the additional information regarding the voter’s list publication.

Detailed information about filing any objections or complaints is available under the Voter List Publication Notice. https://www.nrnusa.org/media/election_document/Notice-7-Voter_list_publication_for_the_election_term_2021-2023.pdf

You need to login to view the voter list and also view the election-related notices. Member’s login is the same for both the member portal and the election site.

How to get to the election site?

Direct URL for the election site is https://nrnaelection.nrnusa.org/. You can also click the Election button on the main site. https://nrnusa.org/. The election button becomes visible only after you login.

Thank you,

Biswa N. Baral
Chief Election Commissioner

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू