नेपाल उद्योग वाणिज्य महासंघले आगामी दश वर्षभित्र नेपालको अर्थतन्त्र सय अर्ब डलर पुर्याउने लक्ष्य सहित भिजन पेपर–२०३० सार्वजनिक गरेको छ । यो भिजन पेपरमा वार्षिक चार लाख रोजगारी सिर्जना गर्ने परिकल्पना सहित एक सयवटा योजनाहरु समावेश गरिएको छ । आज काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघ एफएनसीसीआईको ५५ औं वार्षिक साधारण सभामा महासंघका अध्यक्ष शेखर गोल्छाले भिजन पेपर सार्वजनिक गर्नुभएको हो ।
महासंघको वर्तमान नेतृत्वले अवको एक दशकभित्र मुलुकको आर्थिक अवस्था कस्तो हुने भन्ने परिकल्पना सहित भिजन पेपर तयार गरेको हो । मुलुकको अर्थतन्त्र दोहोरो अंकमा वृद्धि गर्ने, आगामी दश वर्षभित्र मुलुकको अर्थतन्त्र १ सय अर्व डलरको पुर्याउने र दीगो उच्च आर्थिक वृद्धिमार्फत् अतिरिक्त २२ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको छ । महासंघले अगाडि सारेको राष्ट्रिय आर्थिक रुपान्तरण २०३० पुस्तकमा सयवटा योजना सहितको भिजन पेपर तयार गरेको छ ।