अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४०
| Colorodo: 01:55
प्रतिनिधि सभाको आजको बैठकमा सूचना प्रविधिसम्बन्धी विधेयक पेश नहुने भएको छ । अभिव्यक्ति स्वतन्त्रतामाथि विधेयकले प्रतिबन्ध लगाउन खोजेको भन्दै चर्को विरोध भएपछि विधेयक पेश गर्नबाट सरकार पछि हटेको हो ।
विहीबारको प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूचीमा विधेयक सम्बन्धी प्रतिवेदन पेश गर्ने संसद सचिवालयले जानकारी दिएको थियो ।नेपाली कांग्रेसको असहमतिका बीच तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले समितिबाट उक्त विधेयक बहुमतले पास गरेको थियो थियो।
विधेयक पेश गर्ने कार्यसुची बनाइएपछि विहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेस सांसदहरुको विरोधपछि सरकार विधेयक पेश नगर्ने अवस्थामा पुगेको हो ।