अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४४
| Colorodo: 20:59
अस्टिन, टेक्ससको राजधानी अस्टिनमा ३९ वर्षीय नेपाली रमेश थापाको अज्ञात समूहको गोली प्रहारबाट मङ्गलवार राती निधन भएको छ । उनी कामबाट घर फर्कने क्रममा अस्टिनको कोनकोर्ड अपार्टमेन्ट कम्प्लेक्स भित्र रातिको १२.३० बजे गोली प्रहार गरिएको थियो । गोली प्रहार पछि उनको मृत्यु भएको छ ।
सराङकोट, पोखरा घर भएका रमेश उनका भाइ लक्ष्मणसँगै अस्टिनमा बस्दै आएका थिए । उनी काममा रिक्कीको नामले प्रख्यात थिए । थापा माथि किन आक्रमण गरियो भन्ने बारेमा केही थाहा हुन सकेको छैन भने अहिले उनको सबलाई पोस्टमार्टमका लागी अस्पतालमा राखिएको छ । यो कुराको जानकारी ग्रेटर अस्टिनका पूर्व अध्यक्ष देवराज न्यौपानेले बिआरटी नेपाललाई दिएका हुन ।
११ वर्ष अघि रमेश अमेरिका आएका थिए भने उनका भाइ लक्ष्मण ७ वर्ष अघि अमेरिका आएका थिए । अस्टिन प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।