अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३६
| Colorodo: 23:51
कास्कीको माछापुच्छ्रे गाउँपालिका एक हप्ता बन्द हुने भएको छ । कोरोना सङ्क्रमित बढेपछि गाउँपालिकाको सेवा एक हप्ताका लागि बन्द गरिएको हो । गाउँपालिका कार्यालय रहेको वडा नम्बर–४ को लाहाचोकमा केही दिनयता संक्रमित बढेकाले आजैदेखि १८ गतेसम्म गाउँ कार्यपालिका कार्यालयबाट प्रदान गरिने सबै सेवा बन्द गरिएको हो ।
गाउँको एक शहकारीबाट भ्रमणमा गएर फर्किएका तीन जनामा संक्रमण देखिएपछि कन्ट्याक्ट टे«सिङ गर्दा थप १३ जनामा संक्रमण भएको थियो । कार्यालयबाट सेवा प्रवाह गर्दा संक्रमण अझ बढ्न सक्ने अवस्था रहेकाले सेवाग्राहीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर सेवा बन्द गरिएको गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङले जानकारी दिनुभयो ।