काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२१’ उपाधि प्रवीण चापागाई र अनिशा शाक्यले जितेका छन् ।
होटेल सोल्टी क्राउन प्लाजामा शनिवार अबेर सम्पन्न प्रतियोगितामा प्रवीण पुरुष र अनिशा महिला तर्फको शीर्ष विजेता घोषित भएका हुन् ।सहभागिता, प्रस्तुतीकरण र चर्चाको दृष्टिकोणले नेपाली परिवेशमा वृहत्, स्तरीय एवं लोकप्रिय तथा स्थापित प्रतियोगिताको यो सिजन ६ हो । यो सिजनमा ३४ युवा एवं ३२ युवती बिच अपन्तमस्पर्धा भएको थियो ।
प्रतियोगिताको पुरुष तर्फ फस्ट रनर मिनाल्ड लामिछाने र सेकेन्ड रनर अप अनुप कार्की भए भने महिला तर्फ श्रीयशी श्रेष्ठ फस्ट रनर अफ र परितोषिका पन्त सेकेन्ड रनर अफ विजेता छानिए ।
प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुले आईसी कलेज अफ आर्ट एण्ड फेसनका १७ आंैं ब्याचका ३४ जना विद्यार्थी डिजाइनरहरूले तयार पारेका विविध आकर्षक एवं मनमोहक पहिरनहरुमा सजिएर ¥याम्प सो गर्दै सीप र कला प्रस्तुत गरेका थिए ।
ग्लोबल आईएमई पे भोटिङ पार्टनर रहेको सो प्रतियोगितामा लक्ष्मी राना र सौर्या तिर्वा मोस्ट स्टाइलिस, प्रवीण चापागाईं र राजश्री कार्की वेष्ट पर्सनालिटी, अनुप कार्की र सरिता बाडी वेष्टवाक, शुभम् भण्डारी र श्रीरुधी बस्न्यात पब्लिक च्वाइस तथा मि. एण्ड मिस मल्टिमिडिया, प्रतिभा गुरुङ र कबिर घले गुरुङ सोसियल्ली रेस्पोन्सिबल विधातर्फ विजयी बनेका थिए ।
यसै गरी विनय पन्त र अनिशा शाक्य मोस्ट फोटोजेनिक, मिनाल्ड लामिछाने वेष्ट फिजिक र अदिति मानन्धर वेस्ट फिगर, गणेशराज जोशी र श्रीयशी श्रेष्ठ कमर्सियल मोडल, सौगात श्रेष्ठ र पूजा कार्की मोस्ट पपुलर, शुभम् भण्डारी र स्मृति ओली होप इन्टरनेसल एजुकेसनका ब्रान्ड एम्बेसडर, शुभम् भण्डारी र स्नेहा पोखरेल फेस अफ ओखतीका रूपमा छनौट भएका थिए ।
आईसी ग्रुप नेपालका प्रबन्ध निर्देशक शैलजा अधिकारी, सञ्चारकर्मी सुरज सिंह ठकुरी, पूर्व मिस नेपाल माल्भिका सुब्बा, डा. आयुष्मान् घिमिरे तथा फेसन डिजाइनर इन्टा श्रेष्ठ निर्णायक रहेको प्रतियोगिताको आयोजक नेक्स्ट मोडल्स नेपाल रहेको छ । रवि धमला र एत्ना पाण्डेको निर्देशक रहेको प्रतियोगिताको कोरियोग्राफर तथा रोजिन शाक्य रहेका थिए ।
करिब पाँच साताको विभिन्न प्रशिक्षण सहित प्रतियोगितामा प्रतियोगीलाई फाइनल प्रतिस्पर्धा उतारिएको थियो ।
प्रतियोगिताका विजेताहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन सप्ताहमा आफ्नो उपस्थिति दर्साउने छन् । यसका साथै कोरियामा सञ्चालन हुने एलबीएमए अवार्डस्, गोवामा सञ्चालन हुने इन्टरनेसनल फेसन बिक लगायत फेसन, मोडलिङ र मिडियामा विशेष अवसर प्राप्त गर्ने आयोजकले जनाएको छ ।