अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२७
| Colorodo: 03:42
म्यानमारको पछिल्लो घटनाले स्तब्ध बनाएको अमेरिकाको टिप्पणी छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले म्यानमारमा भएको शनिवारको मृत्युले वाशिङ्टन त्रस्त भएको बताउनुभएको छ ।शनिवार म्यानमारमा सैनिक दमनमा कू पछिकै सबैभन्दा बढी एकै दिन झण्डै १ सय जना मारिएको घटनाले अमेरिकालाई नै त्रस्त बनाएको उहाँको टिप्पणी छ ।
यो घटनाले सैन्य शासकहरू केही सिमित मानिसको फाइदाका लागि नागरिकको ज्यान लिन पछि नपर्ने पुष्टि गरेको तर यहाँका साहसी नागरिकले सैनिक शासन अस्वीकार गरेको ब्लिङ्कनको भनाइ छ । यस्तै, संयुक्त राष्ट्र सङ्घीय महासचिव एन्टोनियो गुटेरेसले पनि आफूलाई घटनाले स्तब्ध बनाएको बताउनुभएको छ ।