अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१८ | Colorodo: 21:33

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आम्दानी ७० प्रतिशतले खुम्चियो

बिआरटीनेपाल २०७७ चैत १५ गते ७:५१ मा प्रकाशित

कोभिडका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ७० प्रतिशत आम्दानी खुम्चिएको छ ।विमानस्थलले वार्षिक १० अर्ब बढि आम्दानी गर्दै आएकोमा यस बर्ष कोरोनाका कारण आम्दानी उल्लेख्य घटेको हो ।यस बर्ष आन्तरिक तथा बाह्य क्षेत्रमा उडान गर्न नसक्दा गतवर्षको चैत्रदेखी यस वर्षसम्ममा आम्दानी ७० प्रतिशत खुम्चिएको हो ।

करिब ५ महिनाको अवधिसम्म मात्र उद्धार उडान हुँदा आम्दानी खुम्चिएर ३ अर्बमा सिमित भएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिनुभयो ।यस अवधिमा आन्तरिक तर्फका उडान कोभिड अघि कै अवस्थामा रहेपनि बाह्य तर्फको उडानमा अझै पनि सुधार हुन सकेको छैन ।

हाल ८० प्रतिशत उडान आन्तरिक तर्फ हुँदा बाह्य तर्फ जम्मा २० प्रतिशत मात्रै हुने गरेको छ ।आन्तरिक तर्फ यात्रुको संख्या तथा यात्रुहरुको सेवा शुल्क पनि कम हुने हुँदा आम्दानी कम हुने गरेको छ । तर कोभिड महामारी बिचमा यात्रुहरुको चाप कम हुँदा विमानस्थलमा पुर्वाधार विकासका काम भने बढी भएको विमानस्थलको दाबी छ ।

विमानस्थलले आगामी दिनमा व्यवस्थापन पक्ष सुधार्दै गुनासा नआउने गरि काम गरिरहेको समेत जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय