अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३३ | Colorodo: 23:48

नेपाल वायुसेवा निगमको वाईडवडी बिमान थन्कियो

बिआरटीनेपाल २०७७ चैत ४ गते ८:२४ मा प्रकाशित

कोरोनाले थला परेको र अर्बाै ऋणमा डुबेको नेपालमा वायुुसेवा निगमको वाईडवडी बिमान पनि थला परेको छ । करिब १ महिना अघि जहाज अवतरण गर्दा धावनमार्गमा ठोक्किएर हार्ड ल्यान्डिङ भएपछि वाईडवडी ३३०–२०० अन्नपुर्ण थन्किएको हो । करिब १ महिनाअघि धावनमार्गमा ठोक्किएपछि विमान थला परेको हो ।

निगमले विमान बनाउन अझै ५० करोड बढि लाग्ने जनाएको छ । यसरी विमान थला परेपछि वायुसेवा निगमले सो विमान बनाउनका लागि लागत अनुमान गरि एयरबसलाई पठाएको छ तर जानकारी भने आएको छैन, यद्यपी निगमले भने ५० करोड सम्म लाग्ने जनाएको छ ।

जहाज जुन गतिमा ल्यान्ड गर्नुपर्ने हो, त्यो भन्दा गति बढेर अवतरण गर्दा हार्ड ल्यान्डिङ हुन्छ । पुस २४ गते हार्ड ल्यान्डिङ गराइएको विमान एक महिनासम्म थाहै नदिई उडाइएको थियो भने त्यसको १ महिनापछि मात्रै निगमलाई जानकारी गराइएको थियो ।

निगमले थाहा पाएपछि मात्रै यात्रुहरुको सुरक्षाका लागि विमान ग्राउन्डेड गरिएको निगमका महाप्रबन्धक डिम प्रकाश पौडेलले जानकारी दिनुभयो ।निगमले छिटो चलाउने गरि निगमले तयारी गरिरहेको दाबी गरेको छ । यो विमान बनाउन अझै केही हप्ता लाग्ने निगमले जनाएको छ । निगमलाई धेरै पछि मात्रै जानकारी आउँदा हजारौं यात्रुहरुले असुरक्षित यात्रा गर्न बाध्य भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय