मार्च ११ , ६ बजे फेबरेट सेफ प्रतियोगिताले आफ्नो वेबसाइट मार्फत हालै विश्व व्यापी रूपमा चल्दै गरेको पहिलो चरणको ग्रुप समूहबाट टप ५ विजेताको घोषणा सार्वजनिक गरेको छ। अनलाइन भोटिङ मार्फत चलिरहेको “वर्ल्ड फेवरेट सेफ कम्पिटिसन २०२१ ”को ग्रुप समूह अब अन्तिम चरणमा आइपुगेको छ। पहिलो चरणको यस प्रतियोगितालाई विभिन्न समूहमा विभाजित गरेर हरेक समूहबाट एक जना उत्कृष्ट फेबरेट सेफको छनौट अनलाइन भोटिङ मार्फत फेब्रुअरी १६ देखि हुँदै आएको छ। सो प्रतियोगितामा क्यालिफोर्निया का ध्रुव थापाको समेत नेपाली मौलिक परिकारलाई प्रवर्द्धन गर्ने उद्देश्यले सहभागिता रहेको छ।
आफ्नो ग्रुप समूहबाट अन्तिम चरणमा आई पुगेका सन् फ्रान्सिस्को बे एरियाका ध्रुव थापा आफ्नो समूहमा अत्यधिक मत ल्याएर टप ५ मा छनौट हुन सफल भएका छन्। उक्त प्रतियोगिताको ग्रुप समूहको टप ५ को नतिजा मार्च ११ , ६ बजे आफ्नो वेबसाइट मार्फत सार्वजनिक गरिएको हो ।
थापा सन् फ्रान्सिस्को बे एरियामा लामो समय देखि हिमालयन ,नेपाली र भारतीय रेस्टुरेन्ट व्यवसाय गर्दै सामाजिक , साहित्यिक र पत्रकारिता मार्फत नेपाली कला साहित्य, संस्कृति र नेपाली पारम्परिक परिकारलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्दै आएका छन्। थापाका नेपाली र अङ्ग्रेजी गरेर दुई वटा कविता सङ्ग्रह र एउटा कुक बुक समेत अङ्ग्रेजी भाषामा प्रकाशित छ। नेपालमा इटहरी स्थित त्रिभुवन विश्व विद्यालय अन्तर्गतको कलेज “ जनता बहुमुखी क्याम्पस”मा ७ वर्ष सम्म प्राध्यापन गरेका थापा , सन् फ्रान्सिस्को बर्क्ली सहरमा स्थानीय एक संस्था मार्फत कुकिङ्ग कक्षा समेत चलाई सकेका छन्। थापाले बर्क्ली स्थित धर्म कलेजले आयोजना गरेको २०१८ र २०१९ मा अन्तर्राष्ट्रिय स्तरको सप्ताह व्यापी रिट्रिटमा समेत सुद्ध शाकाहारी नेपाली, तिब्बतियन र भारतीय परिकारहरू बनाएर सेवा पुर्याएका छन्।
थापा विशेष गरेर नेपाली भाषा, साहित्य र चाड पर्व सँग जोडिएका नेपाली मौलिक परिकारहरू यस प्रतियोगिता मार्फत चिनाउन चाहन्छन् , नेपाली परम्परा , कला साहित्य जस्तै नेपाली मौलिक परिकार हाम्रो पहिचान हो र यसलाई देश वा बिदेसमा हुर्केका नयाँ पिँडीलाई परिचित गराउन र यसको संरक्षणको लागि प्रोत्साहन गराउन चाहेको उनले अमेरिकाबाट सञ्चालित “रेडियो जिन्दगी” र “रेडियो नेपाल अमेरिका” लगायत “ जुम मार्फत प्रसारण गरिने ग्लोबल टक सो को विशेष कार्यक्रमहरूमा समेत व्यक्त गरेका छन् ।
आफ्नो समूहबाट उत्कृष्ट ५ मा छनौट भएको घोषणा आउन साथ थापाले आफ्ना सम्पूर्ण शुभ चिन्तक, आफन्त र सम्पूर्ण मिडियाहरू प्रिन्ट , अनलाइन र रेडियो, एफ एम लाई आफ्नो यस प्रतियोगिता मा सहभागी बने देखिने प्राथमिकताका साथ प्रसारण र प्रकाशन गरेकोमा हृदयबाट धन्यवाद दिँदै आउँदो दिनहरूमा पनि यसरी नै साथ र हौसला प्रदान गर्ने आशा राख्छन्।
साथै आफू टप ५ प्रथम स्थानमा रहे पनि एक सप्ताह भित्र नतिजा जे पनि जुन सक्छ त्यसैले सबैलाई निरन्तर भोट गर्न अनुरोध गरेका छन्।थापा आफ्नो समूहबाट टप ५ मा चुनिएको हो र अब यो समूहबाट एक जना मात्र क्वार्टर फाइनल राउन्डमा जान पाउने छ। यो अनलाइन भोटिङ मार्फत चुनिन प्रतियोगिता भएकोले सबैको साथ र सहयोग पाए मात्र थापा यस प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश पाउनेछन्।
अबको प्रतियोगिता अझ सागुरिदै गएको र प्रतियोगीहरू आफूलाई सुरक्षित पार्न निक्कै मेहनत गरिरहेको हुनाले साबैलाई यस लिङ्कमा भोट हालेर आफ्नो समूहको विजेता बनाउँदै क्वार्टर फाइनलमा प्रवेश गर्न सबैलाई विनम्र अनुरोध गर्छन्।