कविता –
नारी तिम्री धर्ती हौ
त्यसैले असंख्य पाईतालाको भार
सहन सक्छौ,
अनि तिमी समुन्द्र हौ
शान्त र स्थिर देखिन्छ्यौ
तर तर शान्त र स्थिर हुनुको अर्थमा
तिमी कदापी कम्जोर र डरपोक छैनौ
र छैनौ तिमी अचल पनि।
तिमीले चाहेमा यो धर्तीको माटोमा
ममत्वको अंकुरण फैलाउँन सक्छौ
तिमीले आँटेमा हरियाली बसन्त भई
चारैतिर छाउँन सक्छौ
तिमीले चाहेमा उजाड मरुभुमीको
निर्मल गङ्गा पनि बन्न सक्छौ
हौ तिमी जगको जननी पनि
जो आमा बनेर प्रेमको अमृत बर्षा छर्ने
हौ तिमी सृष्टिकी सुन्दर प्रतिमुर्ती
जो जन्मदात्रीको अशक्त भूमिका गर्ने।
नझुक नारी अब,
कुनै अभिमानी आवाजदेखी
नरोक पाईलाहरु तिम्रा
कसैको दम्भ र शासित प्रताड्ना सहि
तिमीले त सदियौंदेखि उत्प्रेरितको सोंचभित्र
बाँधिएकी ठान्यौ आफुलाई
केवल जन्म दिने कारखानाको एक मेशिन झैं
मान्यौ आफुलाई,
फ्याँक ती कलुषित बिचारहरु
तोड आफुलाई कैद गर्ने संकुचित घेराहरु
समयले नयाँ पंख फिंजाई सक्यो
बन्धन र संकुचित सोंचबाट तिमीलाई
मुक्त गराई सक्यो
त्यसैले आऊ नारी स्वतन्त्र आकाशमा
अधिकारको उन्मुक्त उडान भर्न
शोषित र पीडित शब्दलाई मनस्थितिबाट
पलायन गर्न।
हो…..नारी तिमी धर्ती हौ
तिमी ममता र सहनशीलताकी
प्रतिमुर्ती हौ।
रचना -मार्च /५ /२०२१