अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५५
| Colorodo: 00:10
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा संसदीय दलको आकस्मिक बैठक बोलाउनुभएको छ । संसद् बैठकलगत्तै ओलीले आजै संसदीय दलको बैठक बोलाउनुभएको उपनेता सुवास नेम्वाङले जानकारी दिनुभयो ।
बालुवाटारमा बस्ने बैठकका लागि नेकपाका सबै सांसदहरुलाई बोलाइएको नेम्वाङले बताउनुभयो । सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्री ओलीले दलको बैठक बोलाउनुभएका हो ।
सर्वोच्च अदालतले आजै मात्र नेकपाको आधिकारिकताबारे फैसला सुनाएको थियो । अदालतले ऋषि कट्टेलको नेकपा नै आधिकारिक भएको फैसला गरेको छ ।