अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४३
| Colorodo: 02:58
वैशाख देखि अमलेखगंज–चितवन पेट्रोलियम पाइपलाइन निर्माण थालिने भएको छ ।नेपाल–भारत पाइपलाइन संयुक्त अध्ययन टोलीले बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइनको सम्पूर्ण तयारी पूरा गरे संगै पाईपलाईन निर्माण सुरु हुने भएको हो ।
संयुक्त कार्यदलले अनुमानित लागत केही दिनकै छलफलमा टुगों लगाउने र नेपाल तथा भारत सरकारबीच हुने आपसी छलफल र समझदारी पश्चात निर्माण सुरु हुने जनाएको छ ।निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले विस्तृत अध्ययन प्रतिवेदन तयार भैसकेको र अब बस्ने संचालक समितिको बैठकले ठोस नीतिगत निर्णय गर्ने र आयोजनाको काम सहज रुपले अगाडी बढ्ने जानकारी दिनुभएको छ ।
नेपाल आयल निगमको चितवनको लोथरमा रहेको करिब २४ बिगाह क्षेत्रफलमा १ लाख किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण गरिनेछ ।