अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३०
| Colorodo: 01:45
वागमती प्रदेश नेकपा संसदीय दलकी नेता अष्टलक्ष्मी शाक्यले सभामुख सानु श्रेष्ठ सम्पर्कविहीन भएको भन्दै उपसभामुख राधिका तामाङलाई विरोध पत्र बुझाउनु भएको छ ।बागमति प्रदेशसभाको बैठक फेरि पनि स्थगित गरिएपछि नेकपाको दाहाल/नेपाल समूहको संसदीय दलले प्रदेशका उपसभामुखलाई विरोध पत्र बुझाएको हो।
उपसभामुख तामाङले विरोधपत्र प्रदेशसभाका सचिव कृष्णहरि खड्कालाई दिनुभएको हो । विरोधपत्र बुझाएपछि प्रदेशसभा सचिवालयमा पत्रकार सम्मेलन गर्दै प्रचण्ड–नेपाल समूह संसदीय दलकी नेतृ शाक्यले मुख्यमन्त्री डोरमणि पौडेल र सभामुख सानु श्रेष्ठको रवैया ठीक नदेखिएको आरोप लगाउनुभयो ।