अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५० | Colorodo: 17:05

‘फटाह फणीन्द्रे’मा कर्मा र छुल्ठिमको रोमान्स

बिआरटीनेपाल २०७७ माघ २८ गते ६:४१ मा प्रकाशित

काठमाडौँ । अभिनेता कर्मा ‘फटाह फणीन्द्रे’ बन्ने भएका छन् । अरुण खड्काको निर्माण निर्देशन रहने फिल्मको उनी मुख्य भूमिकाको लागि छनौट भएका हुन् । मङ्गलवार आफ्नो जन्मदिनको अवसर पारेर निर्माता अरुण खड्काले फिल्मको मुख्य भूमिकाको लागि कमासँगै अभिनेत्री छुल्ठिम.डी गुरुङ र रोहित रुम्बालाई अनुबन्धित गरेको हो । केही अगाडि घोषणा भएको यो फिल्मको मुख्य भूमिकाको लागि यस अगाडि सुस्मा कार्की चयन भएकी थिइन् । फिल्मको अन्य कलाकार भने छनौटको क्रममा रहेका छन् ।

श्रीराम बालाजी फिल्मस् र अरुण फिल्म प्रोडक्सन प्रालीको संयुक्त ब्यानरमा निर्माण हुन लागेको फिल्मको प्रस्तुतकर्ता सुनिल मानन्धर रहेका छन् । विक्रम सिंह गुरुङ निर्माता र नेत्र विष्ट कार्यकारी निर्माता रहेको फिल्ममा रोशन श्रेष्ठको द्धन्द, विपिन मल्लको सम्पादन र ईश्वरलाला सिंकेमनको छायाङ्कन रहनेछ । उतक केसीको कथा रहेको फिल्ममा पटकथा, संवाद हिमाल उप्रेती सुशील पोखरेल र अरुण खड्काको रहेको छ । यस अगाडि ‘तिम्रो लागि’, ‘पाठशाला’ लगायत केही फिल्म निर्माण गरेका अरुण यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् ।

फिल्म निर्माणको सिलसिलामा आफूले यो क्षेत्रमा बिताएको एक दशकमा सिकेको र बटुलेको अनुभव ‘फटाह फणिन्दे्र’ मा निर्देशक मार्फत खन्याउन लागेको खड्काले बताए । चैत्रको पहिलो साताबाट छायाङ्कन सुरु हुने फिल्मले अपराधको विषय कमेडीको माध्यमबाट पस्कन लागेको हो । फिल्मका निर्माण नियन्त्रक नेत्र विष्ट हुन् । 

तस्बिर: आर्यन बिमली

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू