अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४० | Colorodo: 05:55

बजेट संशोधन गरेर १३ खर्ब ४४ अर्बमा झारियो, राजस्वको लक्ष्य १० खर्ब ७४ अर्ब

बिआरटीनेपाल २०७७ माघ २७ गते ६:५२ मा प्रकाशित

सरकारले चालु आर्थिक वर्षको बजेट संशोधन गरेको छ । बजेटको मध्यावधि समीक्षामार्फत अर्थ मन्त्रालयले १३ खर्ब ४४ अर्ब ६८ करोड खर्च हुने अनुमान गरेको हो । यो कुल विनियोजनको ९१ दशमलव १९ प्रतिशत हो ।

संशोधित खर्चमध्ये चालुतर्फ ९ खर्ब १४ अर्ब ७८ करोड र पुँजीगततर्फ २ खर्ब ८३ अर्ब चार करोड रुपैयाँ खर्चको अनुमान छ । यस्तै वित्तीय व्यवस्थातर्फ १ खर्ब ४६ अर्ब ८६ अर्ब रुपैयाँको अनुमान छ ।साथै राजस्व सङ्कलनको लक्ष्य पनि संशोधन गरेर १० खर्ब ७४ अर्ब ६८ करोड रुपैयाँमा झारिएको छ । अनुदानतर्फ ३५ अर्ब र वैदेशिक ऋृणतर्फ २ खर्ब २५ अर्बको अनुमान गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

यो अनुमान गर्दा वैशाखमा घोषणा गरिएको चुनाव, कोरोना भाइरसविरुद्धको खोप, अनिवार्य खर्चलगायतलाई आधार मानेर संशोधन गरेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय