अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५८ | Colorodo: 17:13

वसन्तले गाए डा अच्युत शर्माको “बदलिदेऊ तिमी”

बिआरटीनेपाल २०७७ माघ २६ गते ८:३६ मा प्रकाशित

कन्चन म्युजिक इन्टरटेनमेन्टले हालसालै  “बदलिदेऊ तिमी” बोलको कर्णप्रिय गीत अमेरिकाको नर्थ क्यारोलाइनाबाट आफ्नो यु ट्युब च्यानलमार्फत सार्वजनिक गरेको छ । गीतकार प्राडा अच्युत शर्माको रचना र वसन्त खड्काको सङ्गीत रहेको उक्त गीतमा वसन्त खड्काको स्वर रहेको छ । यो गीतको सङ्गीत संयोजन दीप तुलाधरले गरेका छन् ।

गीतको भोकल रेकर्डिङ नर्थ क्यारोलाइनाको केरी स्थित समीर मानन्धरले आफ्नै स्टुडियोमा गरेका हुन भने सम्पादनको काम काठमाडौँको कमलपोखरीस्थित भ्वाइस रेकर्डिङ स्टुडियोमा गरिएको हो । गीतको ध्वनि सम्पादन (अडियो एञ्जिनियारिङ्ग) सङ्गीत संयोजक दीप तुलाधरले नै गरेका छन् । लिरिकल भिडियोको सम्पादन चाही नवीन निरौलाले गरेका छन्।

यस अघि नेपालका सुप्रसिद्ध गजलकारहरूको गजल समेटेर वसन्त खड्काले “मृगतृष्णा” नामक एल्बम श्रोतासामु ल्याएका छन् भने “गोधुली, “लालिमा” “छहरा”, “बेस्ट अफ वसन्त खड्का १ र २ लगायतका गीति एल्बम पनि वसन्तका अन्य साङ्गीतिक सिर्जना हुन् । कन्चन एल्बमका लागि भने उनी हाल देश विदेशमा रहेका विभिन्न चर्चित स्रष्टाहरूसँग सहकार्यमा गीत गजल रेकर्ड गरिरहेका छन् ।

कन्चन एल्बमका लागि यस अघि उनले अम्बर गुरुङको रचना र सङ्गीतमा “राजमार्ग”, डा. ऋषि बस्ताकोटीको रचना र आफ्नै सङ्गीतमा “सँगै सँगै ,  सुविद् गुरागाइको रचना र आफ्नै सङ्गीतमा “कालापानी”, रत्न शमशेर थापाको रचना र वसन्त खड्काको सङ्गीत सुनिता दुलालसँग  युगल स्वरमा “घुम्टो” , विनोद रोकाको रचनामा “रातो छ साडी” लगायत गीतहरू सार्वजनिक गरिसकेका  छन् ।

सूक्ष्म जीवविज्ञानको प्राध्यापन र अनुसन्धानमा आफ्नो अन्तर्राष्ट्रिय छवि बनाएका प्राडा अच्युत शर्मा पछिल्लो समय नेपाली गीत सङ्गीतमा उदाएका छन् । डा शर्माका गीतहरूमा राष्ट्र प्रेम, सामाजिक सद्भाव, एकता र मानवीय भावना ओतप्रोत भएको पाइन्छ ।

डा शर्माका यस अघि पनि राजेश पायल राई, अन्जु पन्त र हिमाल सागरको स्वरमा राष्ट्रिय गीतहरू बजारमा आइसकेका छन् । “बदलिदेऊ तिमी” गीतमा डा शर्माले  मानवीय मूल्य र मान्यता ह्रास हुँदै गएको वर्तमान अवस्थामा सकारात्मक सोचका साथ आफूलाई भित्रै देखि बदल्न सके सिङ्गै संसार बदल्न सकिने सन्देश दिन खोजेका छन्।

गीत सुन्नको लागि लिङ्क-

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू