अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४४
| Colorodo: 23:59
किरात राई सोसाइटी अफ अमेरिकाका वरिष्ठ उपाध्यक्ष तथा मूल माङ्खिम समितिका संयोजक खगेन्द्र राईलाई मातृ शोक परेको छ । सांस्कृतिक एवं सामाजिक अभियन्ता समेत रहेका राईको आमा आसरानी राईको ८३ वर्षको उमेरमा हालै निधन भएको छ ।
इलामको मङ्गलवारे नगरपालिका वडा नं १ घर भएका खगेन्द्र राई अहिले अमेरिकाको न्यूयोर्कमा बस्दै आएका छन् । वरिष्ठ उपाध्यक्ष राईलाई मातृ शोक परेपछि किरात राई सोसाइटी अफ अमेरिकाको केन्द्रीय अध्यक्ष रामकुमार राईको अध्यक्षता बसेको आकस्मिक बैठकले उपाध्यक्ष राईलाई मातृ शोक परेकोमा गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।
सोसाइटीले दिवङ्गत आत्माको शान्तिको कामना तथा श्रद्धाञ्जली प्रकट गर्दै शोकाकुल परिवारजनमा पनि गहिरो समवेदना समेत प्रकट गरेको छ ।