अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४४ | Colorodo: 05:59

साताको अन्तिम दिन सुन स्थिर, चाँदीको मूल्य बढ्यो

बिआरटीनेपाल २०७७ माघ १६ गते ७:३९ मा प्रकाशित

नेपाली बजारमा साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य स्थिर रहेको छ। भने चाँदीको मूल्य बढेको छ।बिहीबार नेपाली बजारमा ९२ हजार रूपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबारका लागि पनि ९२ हजार रूपैयाँ नै तोकिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य शुक्रबार एकै दिन ४० रूपैयाँ बढेको हो। बिहीबार प्रतितोला १२ सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबारका लागि १२ सय ८५ रूपैयाँ कायम भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय