विश्वको दोस्रो सर्वोच्च शिखर माउन्ट केटु आरोहण गरेर विश्व कीर्तिमान कायम गरेको नेपाली टोलीलाई पाकिस्तानी राष्ट्रपति अरिफ अल्भीले बधाई दिनुभएको छ । आरोहीहरुको सम्मानमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै पाकिस्तानी राष्ट्रपति अल्भीले उनीहरुको उपलब्धीले पाकिस्तानको सफ्ट इमेज प्रवद्र्धन गर्नुका साथै पर्यटनलाई समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले आरोहीको साहसको प्रशंसा गर्दै नेपाल र पाकिस्तानको बिचमा लामो समयदेखि गहन सम्बन्ध रहेको चर्चा गनुभयो । कार्यक्रममा पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले पाकिस्तान सरकारले आरोहण टोलीलाई गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।
नेपालका १० जना पर्वतारोहीले गत शनिबार पाकिस्तानस्थित केटु हिमालको आरोहण गरी विश्व कीर्तिमान कायम गरेका थिए । संसारको दोस्रो सर्वोच्च शिखर केटुमा हालसम्म हिउँद याममा कोही पनि पुग्न सकेको थिएन ।