अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०० | Colorodo: 22:15

त्रिभुवन आर्मी क्लब नेपालको एकमात्र एएफसी क्लब, प्रमाणपत्र प्रदान

बिआरटीनेपाल २०७७ पुष १५ गते ७:०८ मा प्रकाशित

त्रिभुवन आर्मी क्लबले एएफसी क्लब लाइसेन्स प्रमाणपत्र पाएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले बुधबार त्रिभुवन आर्मी क्लबलाई प्रमाणपत्र प्रदान गरेको हो ।एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले प्रधानसेनापति पूर्णचन्द्र थापालाई एएफसी क्लब लाइसेन्स प्रमाणपत्र प्रदान गर्नुभएको हो । एसियाली फुटबल महासंघ (एएफसी) ले नेपालबाट आर्मी क्लबलाई मात्रै एएफसी क्लब लाइसेन्स दिएको हो । योसँगै आर्मीले एएफसीका प्रतियोगिताहरु खेल्ने बाटो खुलेको छ ।

नयाँ नियमअनुसार एएफसीको प्रतियोगिता खेल्न क्लबले विभिन्न १८ मापदण्ड पूरा गर्नुपर्छ । क्लब लाइसेन्स लिनका लागि क्लबले अनिवार्य रुपमा आफ्नै एकेडेमी, मैदान, उमेर समूहका टिम, खेलाडीसँगको सम्झौता, प्रशिक्षण सुविधा लगायतका मापदण्ड पूरा गरेको हुनुपर्छ । नेपालका १३ क्लबले एएफसी क्लब लाइसेन्सको लागि निवेदन दिएको भए पनि न्यूनतम मापदण्ड पूरा नगरेको भन्दै एएफसीले अन्य क्लबलाई लाइसेन्स दिन अस्वीकार गरेको छ ।

प्रतिक्रिया