अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३०
| Colorodo: 08:45
कोरोना महामारीका कारण संकटमा परेको पर्यटन क्षेत्रलाई चलायन बनाउन आजदेखि पोखरामा २२ औं सडक महोत्सव शुरु भएको छ । रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान), पोखराले आयोजना गरेको महोत्सव १७ गतेसम्म लेकसाइडमा जारी रहने छ । कोभिड–१९ का कारण बन्द रहेका होटल, रेष्टुरेन्ट लगायत सम्बद्ध क्षेत्रलाई गतिशील बनाउन स्वास्थ्य मापदण्ड अपनाउँदै महोत्सवको आयोजना गरिउको रेवान पोखराले जनाएको छ ।
सडक महोत्सव सहिदचोकदेखि हल्लन चोकहुँदै जरेवरसम्मको करिब ३ किमी क्षेत्रफलमा संचालन गरिएको छ । अंग्रेजी नयाँ वर्षको गन्तव्यस्थलको रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले हुने आयोजित महोत्सवमा मौलिक संस्कृति झल्कने विभिन्न जातजातिका भेषभूषसहित सांस्कृतिक कार्यक्रम गरिनेछ ।